आम जनता पार्टी नेपालको एक राजनीतिक दल हो । यस दलले प्रतिनिधि सभा निर्वाचन, २०७९ देखि नेपालको सङ्घीय संसदमा प्रतिनिधित्व गर्दै आएको छ । पूर्व मन्त्री प्रभु साह यस दलको अध्यक्ष हुन् ।
यस दलको गठन २०७९ पुस १४ मा पूर्व मन्त्री प्रभु साहद्वारा गरिएको थियो । २०७९ को प्रनितिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएपछि, नेकपा (एमाले)ले आम जनताका समस्याहरू समाधान गर्न नसक्ने घोषणा गर्दै साहले यस नयाँ दलको स्थापना गरेका थिए । साहलाई पूर्व मन्त्री रामवीर मानन्धर र बद्री न्यौपानेले समर्थन गरेका थिए, जो पहिले नेकपा (एमाले)को पृष्ठभूमिबाट आएका थिए ।




































































































