राष्ट्रिय जनमोर्चा नेपालको एक राजनीतिक दल हो । यसको स्थापना वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (मसाल)को वैधानिक मोर्चाको रूपमा भएको थियो । पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसी पार्टीको अध्यक्ष हुन् । वि.सं २०६२ मा, जनमोर्चा नेपालबाट अलग्गिएर एर पुनः स्थापना भएको यो पार्टी मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मसाल)को कानुनी मोर्चाको रूपमा रहेको थियो ।
यो पार्टी मुख्यतया बाग्लुङ र प्युठान जिल्लामा एक सशक्त राजनीतिक शक्तिको रूपमा रहेको छ । पार्टीले पूर्वएकात्मक प्रणालीभित्र विकेन्द्रीकरणको वकालत गर्दछ । यो सङ्घीयता विरोधी पार्टी समेत हो । इतिहास स्थापना अगाडि (वि.सं २०४७–२०५०) वि.सं २०४९ को स्थानीय निर्वाचनमा यस पार्टीले अखिल नेपाल किसान संघको रूपमा चुुनाव लडेको थियो । ]









































































