
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको एक नेपाली राजनीतिक दल हो । यो वि.सं २०७१ सालमा, मोहन वैद्यको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) नामक दलको विघटन भई बनेको थियो । दलको गठन र प्रतिबन्ध विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी पनि 'क्रान्तिकारी हुन नसकेको' भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टीराखिएको थियो जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ ।
केपी ओली नेतृत्वको सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरूमाथि बम विस्फ ।




































































































































