Ads
Ads

परिचय

पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन् । २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । 


उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो । राजनितीमा प्रवेस विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए ।

उम्मेदवारको जानकारी

जन्म मिति
२०१४-११-०२
नागरिकता
लमजुङ
बाबु
गंगा प्रसाद गुरुङ
पति/पत्नी
मुनी गुरुङ
योग्यता
स्नातक
पढेको संस्था
अमृत साइन्स क्याम्पस त्रि.वी
अनुभव
माध्यमिक विद्यालयमा अध्यापन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री संविधान सभा सदस्य-५ वर्ष गण्डकी प्रदेश संस्थापक मुख्य मन्त्री-३ वर्ष संचार तथा सुचना प्रविधि मन्त्री -१ वर्ष
Ads
Ads

समाचार

विजयी

निर्वाचन आयोगका अनुसार, लमजुंग निर्वाचन क्षेत्र नम्बर १मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्‍वी सुव्वा गुरुङ निर्वाचित हुनुभएको छ। कुल ३४९८५ मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ३१९४ मतको अन्तरले पराजित गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देव प्रसाद गुरुङ ३१७९१ मतका साथ दोस्रो स्थानमा रहनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज के.सी ९०३३ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै पृथ्‍वी सुव्वा गुरुङले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ४४.९४% हिस्सा हासिल गर्नुभएको छ।

प्राप्त मत

३४९८५

मत प्रतिशत

४४.९४%

कुल सदर मत

७७८४१

देव प्रसाद गुरुङ

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

३१७९१

फरक ३१९४

धर्म राज के.सी

राष्ट्रिय स्वतन्त्र पार्टी

९०३३

फरक २५९५२

बाल चन्द्र श्रेष्‍ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१२३४

फरक ३३७५१

विकास गुरुङ्ग

मंगोल नेशनल अर्गनाइजेसन

४५७

फरक ३४५२८

नरेन्द्र बहादुर गुरुङ

जनता समाजवादी पार्टी, नेपाल

१४८

फरक ३४८३७

नन्द जङ गुरुङ

आमूल परिवर्तन मसिहा पार्टी नेपाल

६०

फरक ३४९२५

लक्ष्मी कान्त पौडेल

नेपाली कांग्रेस (बी.पी.)

४९

फरक ३४९३६

टक बहादुर गुरुङ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

३३

फरक ३४९५२

चन्दन वस्याल

स्वतन्त्र

३१

फरक ३४९५४

राजेन्द्र प्रसाद प्रजापति

नेपाल मजदुर किसान पार्टी

२०

फरक ३४९६५