
पृथ्वी सुव्वा गुरुङ निर्वाचित
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्राप्त मत
२३०८८
चुनाव इतिहास
परिचय
पृथ्वी सुब्बा गुरुङ नेपालको प्रदेश नम्बर ४ का प्रथम मुख्यमन्त्री हुन् । २०७८ जेठ २७ मा प्रदेश सभाको विश्वासको मत पाउन नसकेपछि सुब्बा पदमुक्त भएका थिए । प्रदेशसभामा बहुमत भएका एमाले र माओवादीले सरकार गठनको दाबी गर्दै गुरुङलाई मुख्यमन्त्री सिफारिस गरेका थिए । २७ जना प्रदेश सदस्य रहेको एमाले प्रदेश नम्बर ४ को संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरिएको छ । प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् भने माओवादीको १२ सांसद छ । दुई दलको दाबीपछि प्रदेश प्रमुख बाबुराम कुँवरले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
उनी नेकपा एमालेका सचिव समेत रहिसकेकाका छन् । उनको जन्म २०१४ साल फागुन १ गते गङ्गाप्रसाद र चिनी गुरुङका छोराका रूपमा लमजुङ जिल्लामा पर्ने साविकको गिलुङ गाविस-८ टक्सार हाल क्व्होलासोथार गाउँपालिका-९ मा भएको हो । राजनितीमा प्रवेस विज्ञानमा स्नातक गरेका पृथ्वी सुब्बा गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए । सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए ।
उम्मेदवारको जानकारी
- जन्म मिति
- २०१४-११-०२
- जन्म मिति
- २०१४-११-०२
- नागरिकता
- लमजुङ
- नागरिकता
- लमजुङ
- बाबु
- गंगा प्रसाद गुरुङ
- बाबु
- गंगा प्रसाद गुरुङ
- पति/पत्नी
- मुनी गुरुङ
- पति/पत्नी
- मुनी गुरुङ
- योग्यता
- स्नातक
- योग्यता
- स्नातक
- पढेको संस्था
- अमृत साइन्स क्याम्पस त्रि.वी
- पढेको संस्था
- अमृत साइन्स क्याम्पस त्रि.वी
- अनुभव
- माध्यमिक विद्यालयमा अध्यापन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री संविधान सभा सदस्य-५ वर्ष गण्डकी प्रदेश संस्थापक मुख्य मन्त्री-३ वर्ष संचार तथा सुचना प्रविधि मन्त्री -१ वर्ष
समाचार
निर्वाचन आयोगका अनुसार, लमजुंग निर्वाचन क्षेत्र नम्बर १ ( ख )मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पृथ्वी सुव्वा गुरुङ निर्वाचित हुनुभएको छ। कुल २३०८८ मत प्राप्त गर्दै, उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ७९८६ मतको अन्तरले पराजित गर्नुभयो। नेपाली काँग्रेसका कृष्ण प्रसाद कोईराला १५१०२ मतका साथ दोस्रो स्थानमा रहनुभयो। स्वतन्त्रका उत्तम गुरुङ ३२३ मत ल्याएर तेस्रो स्थानमा समेटिनुभयो। यस जितसँगै पृथ्वी सुव्वा गुरुङले यस क्षेत्रमा खसेको कुल सदर मतको करिब ५८.५३% हिस्सा हासिल गर्नुभएको छ।
प्राप्त मत
२३०८८
मत प्रतिशत
५८.५३%
कुल सदर मत
३९४४७

कृष्ण प्रसाद कोईराला
नेपाली काँग्रेस
१५१०२
फरक ७९८६

उत्तम गुरुङ
स्वतन्त्र
३२३
फरक २२७६५

हर्के सार्की
जनसमाजवादी पार्टी नेपाल
२९५
फरक २२७९३

मुनिन्द्र थापा
विवेकशील साझा पार्टी
२७५
फरक २२८१३

सरोज कुमार दनाई
नयाँ शक्ति पार्टी नेपाल
१३७
फरक २२९५१

नन्द जङ गुरुङ
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
१२४
फरक २२९६४

सुरेस कुमार गुरुङ
संघीय समाजवादी फोरम, नेपाल
१०३
फरक २२९८५



