नेपाली कम्युनिस्ट पार्टी नेपालको एक कम्युनिस्ट पार्टी हो । यस पार्टीको एकता घोषणा १९ कात्तिक २०८२ मा भएको थियो जसमा दस वामपन्थी दल र समूहहरूको विलयबाट पार्टी गठनको घोषणा गरेको थियो । विलयमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव विभाजित नेकपा, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), नेकपा (सम्यवादी), र गोपाल किराँतीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चा समावेश छन् । एक महिनाको वार्ता पछि पार्टी एकीकरण समन्वय समितिले एकीकरण पूरा गरेको थियो ।
दुई प्रमुख पूर्ववर्ती दलहरू पछि विघटन भएका थिए, जसले नयाँ संयुक्त पार्टीको लागि बाटो खुलाएको थियो । पार्टीले पाँच कुने तारालाई आफ्नो चुनावी चिन्हको रूपमा अपनाएको थियो । स्थापनाकालदेखि नै, यस पार्टीको प्रमुख घटक नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सभामा सबैभन्दा ठुलो राजनीतिक दल र बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक सभाहरूमा सबैभन्दा ठुलो कम्युनिस्ट दल हो । नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल संयोजकको रूपमा र माधवकुमार नेपालले पार्टीको सह संयोजकको बनेका थिए भने पूर्व प्रधानमन्त्री झलनाथ खनाल तेस्रो वरीयतामा छन् ।







































































![रुपा महर्जन [श्रेष्ठ]](https://election.nepsebajar.com/img/candidates/rapa-maharajana-sharashhatha--agcc.jpg)































































































